पाथीभराको नाममा सहयोग संकलन रोक्न प्रशासनलाई आग्रह



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग संकलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ ।

क्षेत्र विकास समितिले मङ्गलबार पत्र पठाइ सहयोग संकलनबारे निगरानी गर्न अनुरोध गरेको हो । 


समितिका अध्यक्ष रक्की थेबेले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाइ पाथीभराको नाममा आर्थिक सहयोग संकलनको गलत अभ्यास भइरहेको जानकारी गराएको छ । पत्रमा मोरङ जिल्लामै पाथीभरा मन्दिर निर्माण गर्ने भनी अवैध रूपमा सहयोग संकलन भइरहेको जानकारी प्राप्त भएको उल्लेख छ । 

यस किसिमको कार्यले जनमानसमा भ्रम फैलाउनुका साथै आर्थिक अनियमितताको खतरासमेत रहेको समितिको भनाइ छ ।

समितिले पाथीभराको नाममा भइरहेका यस्ता गतिविधि तुरुन्त रोक्न जिल्ला प्रशासन मोरङलाई आग्रह गरेको हो ।  स्थानीय तह र सम्बन्धित निकायको सहकार्यमा यस्ता कार्यको छानबिन गरी रोकथाम गर्न र दोषीमाथि कारबाही गर्न समितिको माग छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here