काठमाडौँबाट २९ जुवाडे पक्राउ, साढे ११ लाख नगद बरामद



काठमाडौँ। प्रहरीले अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा काठमाडौँको कागेश्वरी र नयाँ बसपार्क क्षेत्रबाट २९ जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले जुवाडेका साथबाट रु. ११ लाख ४८ हजार पाँच सय नगदसमेत बरामद गरेको छ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटी लाइफ बेकरीस्थित अनिता राईको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना र काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित त्रिपुरासुन्दरी होटल एण्ड लजबाट १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।


प्रहरीले उनीहरूका साथबाट ६२ थान कौडा, २६ थान मोबाइल र कौडा राख्ने भाडालगायत सामग्री बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here