सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज



काठमाडौं । सर्वोच्च अदालतले छविलाल जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीको तर्फबाट अधिवक्ता रोचक जोशीले दायर गरेको बन्दी प्रत्येक्षीकरणको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।

आज सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अव्दुल खजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको हो । पोखराको सुर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका उनी अहिले कास्की प्रहरी हिरासतमा छन् ।


गोर्खा मिडियाका तत्कालीन सञ्चालक रहेका जोशीले त्यहाँ रहँदा सहकारीको ठूलो रकम अपचलन गरेको आरोप छ । जोशीका व्यापारिक साझेदारहरु गितेन्द्रबाबु राई फरार छन् भने रवि लामिछानेलाई राजनीतिक पहुँचमा सरकारले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

जोशीले गोर्खा मिडिया खोल्ने र सहकारीबाट लगानी ल्याउने सबै आईडिया नै रवि लामिछानेको रहेको बयानसमेत दिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here