‘सुगर ड्याडी’ पुर्पक्षका लागि जेल चलान



काठमाडौं । अदालतले ‘सुगर ड्याडी’ भनेर चिनिने आशिष देउलालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा देउलासँगै अन्य तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले देउलासँगै उनका साथीहरू उदयपुरको त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरुङलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।


सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’बाट परिचित देउलाको समूहले युवायुवतीलाई रडले डामेर यातना दिने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here