विपद व्यवस्थापनमा सरकारले कमजोरी गरेको प्रचण्डको आरोप, पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढाउन आग्रह



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपद व्यवस्थापनमा सरकारले गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरेका छन् ।

प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको मंगलबार काठमाडौ बल्खुको सुकुम्बासी वस्तीमा उदघाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।


उनले मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको बताए । उनले यो संकटको बेलामा सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न पनि आग्रह गरेका छन् ।

२०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रुपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उनले यसपटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । बल्खुको जागरण टोलमा ४१७ घरका झण्डै चार बढी नागरिक प्रभावित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here