दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ ।

मंगलबार सो रिट न्यायाधीशद्धय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा परेको थियो । फुलालले सो टिर हेर्न नमिल्ने भएको हुँदा सुनुवाइ नहुने भएको हो ।


साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई रिहाईको माग गर्दै उनका छोरा निराजनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

सोमबार पनि उक्त मुद्दा पेसीमा चढेपनि ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा परेको थियो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएको थियो ।

यसअघि सो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको थियो । राउतको इजलासले प्रसाईलाई थुनामुक्त गर्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here