लेबनानबाट सिरियातर्फ एक लाख शरणार्थी प्रस्थान



जेनेभा । इजरायलले पछिल्ला केही दिनयता लेबनानी हिजबुल्लाह समूह लक्षित गरेका लगातारका हवाई आक्रमणका कारण करिब एक लाख व्यक्ति लेबनानबाट सिरियातर्फ भागेका संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले सोमबार बताएका छन् । उनका अनुसार यो सङ्ख्या दुई दिनमा बढेर दोब्बर भएको छ ।

उनले सामाजिक सञ्जाल एक्समार्फत द्वन्द्व प्रभावित भई लेबनानबाट सिरिया प्रवेश गर्ने मानिसहरूको सङ्ख्या उल्लेख गरेका हुन् । विस्थापित हुने क्रम निरन्तर जारी छ ।


उनले उक्त स्थानमा संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (युएनएचसीआर) ले “नयाँ आगमनलाई सहयोग गर्न स्थानीय अधिकारी र सिरियाली रेड क्रिसेन्ट सँगसँगै सीमाक्षेत्रका विभिन्न चार केन्द्रमा उद्धारकर्मी परिचालन गरेको छ । युएनएचसीआरले एक हप्ता अघिदेखि शनिबारसम्ममा लेबनानबाट सिरियातर्फ विस्थापितहरूको व्यापक भीड लागेको छ ।

इजरायलले पछिल्लो समयमा इरानको क्षेत्रीय सहयोगी हिजबुल्लाहलाई लक्षित गर्दै लेबनान र गाजा पट्टीलाई समावेश गर्न आफ्नो आक्रमण विस्तार गरेको छ । लेबनानमा हिजबुल्लाहका लक्ष्यहरूमा गरिएको आक्रमणमा शुक्रबार यसका नेता हसन नसरल्लाहको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गत हप्तामा इजरायली बमबारीले लेबनानमा दुई दिनको अवधिमा १४ जना प्यारामेडिक्ससहित ७०० भन्दा बढीको ज्यान गएको छ ।

युएनएचसीआरका अनुसार शुक्रबारसम्म ३० हजार मानिसहरू सिरियामा प्रवेश गरिसकेका थिए । सिरियामा युएनएचसीआरका प्रतिनिधि गोन्जालो वर्गास लोसाले विस्थापित हुनेमा करिब ८० प्रतिशत सिरियाली र २० प्रतिशत लेबनानी नागरिक रहेको बताएका छन् । उनका अनुसार उनीहरु मध्ये ‘अधिकांश महिला तथा बालबालिका’ रहेका छन् ।

निरन्तरको युद्ध र बम विस्फोटबाट भागेका मानिसहरू थकित, तथा सहायताको अभावको सामना गर्दै सिरिया आइपुगेको बताउदै उनीहरुलाई सहयोगको आवाश्यकता रहेको उल्लेख गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here