सीधाकुरा डटकमका सम्पादक र प्रकाशकलाई तीन महिना कैदको फैसला



काठमाडौं । सर्वोच्च अदालतले सीधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गरेको छ । आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजासले उनीहरुले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशकसहित तीन जनालाई कैद सजाय सुनाएको हो ।

अदालतले सीधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ । तर उनीहरुले अदालतसमक्ष क्षमायाचना गरेमा ७ दिन कैद सजाय गर्ने फैसला भएको छ ।


अख्तियारले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सीधाकुरा डटकमले ’डार्क फाइल’ नामक शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो ।

सीधा कुरा डटकमले राजकुमार तिमल्सिनाले दिएको अडियो कुराकानीका आधारमा उक्त समाचार प्रकाशन गरेको थियो । सर्वोच्च अदालतले तिमल्सिनालाई भने ६ महिना कैद सजायको फैसला गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here