बाढीपहिरो पीडितको राहत र उद्धारमा नेता-कार्यकर्तालाई एमालेको आग्रह



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले पार्टीका नेता तथा कार्यकर्तालाई बाढीपहिरोको उद्धारमा परिचालन हुन आग्रह गरेका छन् ।

उनले शुक्रबार विज्ञप्ति जारी गर्दै अस्वाभाविक रूपमा भएको वर्षापछि बाढी तथा पहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको भन्दै यस विपद्मा पार्टी कमिटी, जनप्रतिनिधि र जनवर्गीय सङ्गठनहरू समन्वयात्मक रूपमा परिचालन हुन आह्वान गरेका छन् । कार्यवाहक अध्यक्ष पोखरेलले विपद्को उद्धारमा पार्टी पङ्क्ति तत्परताका साथ जुट्नेसमेत बताए ।


यसैगरी उनले उद्धार तथा राहत कार्यमा जुट्न सरकारसँग विशेष आग्रह गरे । ‘सरकारका सबै अङ्गहरू खासगरी सुरक्षा निकायहरूको व्यवस्थित परिचालन, सम्बन्धित मन्त्रालय र निकायको व्यवस्थित र समन्वयात्मक परिचालन आवश्यक छ । यस दिशामा यथोचित ध्यान दिन सरकारसित विशेष आग्रह छ । साथै बाढीपहिरोमा परी बेपत्ताहरूको अविलम्ब खोजी र घाइतेहरूको उपचारमा सरकारको ध्यान दिन आग्रह छ’, विज्ञप्तिमा भनिएको छ ।

अन्य सबै पार्टी तथा सामाजिक सङ्गठन-संस्थाहरूलाई पनि यस काममा परिचालित हुन अनुरोध गरिएको छ । आमनागरिकलाई पनि आवतजावतमा विशेष सतर्कता अपनाउन उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here