अविरल वर्षाका कारण काठमाडौं डुबानमा (फोटोफिचर)



काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

काठमाडौँको तीनकुने, गैरीगाउँ, युएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर नयाँबाटो, ग्वार्को–इमाडोल सडक, परोपकार, सानेपा, कालोपुल, बल्खुपुललगायत सडकमा सवारी आवागमन प्रभावित भएको काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । वर्षाका कारण डुबानमा परेपछि काठमाडौंमा विभिन्न स्थानबाट प्रहरीले मानिसको उद्दार गरेको छ ।


तस्बिरः नेपाल प्रहरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here