केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै



काठमाडौँ । गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । मन्त्रालयका अनुसार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको हो ।

दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री रमेश लेखकले बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।


मन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै जनधनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेका छन् । बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here