नेपाल बहराइनसँग चार शून्यले पराजित



काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० ले पराजित भएको छ ।

शुक्रबार चाइनिज ताइपेईमा भएको खेलमा बहराइनलाई जित दिलाउन समी बसम अवादीले दुई गोल गर्दा खलिद अल्खलाफ र अलि अहमेद हसनले समान एक गोल थपे । खेलको २३औँ मिनेटमा अवादीको गोलमा बहराइनले अग्रता बनाएको थियो ।


पहिलो हाफको इन्जुरी समयमा अल्खलाफले बहराइनको अग्रता दोब्बर बनाए । ७३औँ मिनेटमा अवादीले व्यक्तिगत दोस्रो गोल गर्दा बहराइनले अग्रतालाई ३–० मा पुर्याएको थियो । यस्तै ८४औँ मिनेटमा हसनले गोल गरेपछि बहराइनले ४–० को जित पक्का गरेको हो ।

यो हारसँगै नेपालको यू–२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपालले प्रतियोगिताका तीन खेलमध्ये दुईमा हार र एक खेलमा जित निकालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here