बारको आन्दोलन बेवास्ता गर्दै सर्वोच्चमा न्यायाधीश सिफारिस



काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफासिर गरेको छ । आज (शुक्रबार) बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दवाद दिँदै आएको थियो । न्याय परिषद्को बैठक जारी रहेको अवस्थामा बारले विरुद्धमा प्रदर्शन गरेपनि अन्ततः न्यायाधीश नियुक्तिको सिफारिस भएको हो ।


हाल उच्चमा १६ जना र सर्वोच्च अदालतमा ६ जना न्यायाधीश रिक्त छन् । रिक्त न्यायाधीशमध्ये सर्वोच्चमा चाहीँ सिफारिस गरिएको हो । न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाई हुन् । उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here