मन्त्री राणाद्वारा अल्पविकसित देशहरुको मन्त्रिस्तरीय बैठकको अध्यक्षता



वाशिङ्टन डिसी। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघअन्तर्गत अल्पविकसित देशका विदेशमन्त्रीहरूको वार्षिक बैठकमा अध्यक्षता गरेकी छन्।

न्यूयोर्कमा बिहीबार आयोजित उक्त बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले अल्पविकसित देशहरूलाई दिगो विकासका लक्ष्य हासिलका लागि अतिरिक्त सहयोगको खाँचो रहेको बताइन्।


‘ती देशहरूले महामारी, भूराजनीतिक तनाव, द्वन्द्व र जलवायु परिवर्तनका कारणले बहुपक्षीय चुनौतीको सामना गर्न परिरहेको छ,’ मन्त्री राणाले सम्बोधनका क्रममा भनिन्, ‘दिगो विकासको एजेण्डा २०३० का लक्ष्य हासिल गर्नका लागि हामीले विविध बाधा अवरोधको सामना गर्नु परिरहेको छ।’

मन्त्री राणाले विश्वसमुदायलाई ग्लोबल ‘कोअर्डिनेशन ब्युरो’को नेतृत्व नेपाललाई दिएको धन्यवाद ज्ञापन गरेकी थिइन्। उनले अल्पविकसित देशहरूको उत्पादन र उत्पादकत्व क्षमतालाई वृद्धि गर्दै क्षेत्रीय र विश्वव्यापी रूपमा पहुँच पुर्‍याउन अनुरोध गरिन्।

मन्त्री राणाले भनिन्, ‘हामीहरू व्यापारसम्बन्धी पूर्वाधारका लागि महत्त्वपूर्ण सहयोगका लागि अनुरोध गर्दछौँ। बहुपक्षीय सञ्जालको वृद्धि, ट्रान्जिटको सुधार र व्यापारको लागत कम हुनेगरी काम गर्न अनुरोध गर्दछौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here