ठगी र बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन नेपाली दुबईबाट पक्राउ



काठमाडौं । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन(इन्टरपोल)बाट रेड नोटिस जारी भएका तीन जनालाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले ठगी मुद्दा र बलात्कार मुद्दामा फरार रहेका प्रतिवादीलाई दुबईबाट पक्राउ गरी बुधबार नेपाल ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा ठगी मुद्दामा फरार रहेका भूपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी र करणी मुद्दाका रोमन कार्की छन् । उनीहरुलाई इन्टरपोलबाट अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी पक्राउ गरिएको र अब सम्बन्धित मुद्दामा कारबाही चलाउने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here