सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?



काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।

तोलामा  तीन सय रुपैयाँले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । बुधबार प्रतितोला  एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि भने  एक लाख ६० हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।


त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला  एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि पनि समान नै निर्धारण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here