शैक्षिक परामर्शदातृ संस्थालाई तीन शर्त पालना गर्न शिक्षा मन्त्रालयको निर्देशन



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदातृ संस्थालाई शर्त पालना गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गरी शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्न मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थालाई परामर्श सेवा उपलब्ध गराउँदा र शैक्षिक मेला आयोजना गर्दा अनिवार्य पालना गर्न निर्देशन दिएको हो ।


शैक्षिक परामर्शदातृ संस्थाले नेपालका विश्वविद्यालय, तिनमा पढाइ हुने कार्यक्रम र नेपालमा प्राप्त हुने अवसरको बारेमा परामर्श सेवा उपलब्ध गराउनुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here