दसैँमा जनकपुरधाममा सस्तो बाजार



जनकपुरधाम (धनुषा) । जनकपुरधाममा विजयदशमीको अवसर प्रत्येक वर्ष जस्तै यस वर्ष पनि ‘दसैँ सस्तो बजार’ लाग्ने भएको छ । उद्योग वाणिज्य संघको अगुवाइमा सस्तो बजार लाग्ने भएको हो ।

यसका लागि तयारी सुरु भइसकेको संघका निर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । उनले घटस्थापनाका दिनदेखि लाग्ने सस्तो बजारमा दैनिक उपभोग्य र चाडपर्वका सरसमानदेखि विभिन्न समान सुपथ मूल्यमा उपलब्ध हुने जनाइएको छ ।


अध्यक्ष भण्डारीले हाल आर्थिक मन्दी चलिरहेकाले यसपटक सामानको मूल्यवृद्धि नगरिएको बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here