रवि लामिछानेले भने– ममाथि सरकारले अन्याय गर्नसक्छ, अलर्ट रहनुस्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफूमाथि अन्याय गर्नसक्ने भन्दै रास्वपाजनलाई अलर्ट रहन आग्रह गरेका छन् ।

सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भनी सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छाविन विशेष समितिको प्रतिवेदनले प्रष्ट भनेको अवस्थामा सरकारले संगठित अपराधमा फसाउने कोशिस गरिरहेको उनले आशंका व्यक्त गरे । नेता लामिछानेले दशैं, तिहार, छठ केही पनि नभनी अन्याय भएको खण्डमा न्यायको पक्षमा उभिन आग्रह गरे ।


‘प्रहरीले, महान्यायाधिवक्ताले, प्रधानमन्त्रीले, पूर्व प्रधानमन्त्रीले, सबैले स्पष्ट र लेखेर भनिसकेपछि त्यहाँ चलखेल, संगठितमा राखियो भने भोलि राजनीति नै गर्न नपाउने बनाउन सकिन्छ कि भन्ने ढंगले छड्के आँखा, त्यो ढंगले गलत क्रियाकलाप, त्यस्तो किसिमको षड्यन्त्र गर्न खोजिएको खण्डमा म साथीहरुलाई अलर्ट रहन अपील गर्न चाहन्छु । देशैभरीका, अन्याय गरेछन् भने । हिजो पनि अन्यायका विरुद्धमा सघाउनु भएको हो । आज पनि अन्याय गर्यो सरकारले भने दशैं, तिहार, छठ जेसुकै हुन्छ, अन्यायका विरुद्धमा आउनुहोला,’– सामाजिक सञ्जालमार्फत लाइभ बसेका लामिछानेले भने ।

साथै, कानुनी प्रक्रियालाई सहयोग गर्न आफू तयार रहेको पनि उनले बताए । संसदीय छानविन विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको र गोर्खा मिडियामा गएको पैसा परिचालनबारे प्रचलित कानुन बमोजिम कारबाहीको सिफारिस गरेमा आफूले जिम्मेवारी लिने पनि उनले बताए । कसैको राजनीति जोगाउन आफूलाई सिध्याउने खेल भइरहेको पनि उनले बताए ।

‘कानुनी प्रक्रियामा मेरो पूर्ण साथ र समर्थन रहन्छ । कानुनलाई कहाँ सघाउनुपर्छ, मैले बयान दिनुपर्छ कि, म पोखरा जानुपर्छ कि ? कहाँ जानुपर्छ ? म तयार छु । म थुनिनुपर्छ कि ? म तयार छु । तर, सही मुद्दामा षड्यन्त्र गरेर होईन । झुक्काएर, छकाएर, छलेर होईन,’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here