थ्रिलर फिल्म ‘डिएनए’ को टिजर सार्वजनिक



काठमाडौं । फिल्म ‘डिएनए’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नव अभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । पौराणिक कथाको आधुनिक अनुकूलनमा आधारित थ्रिलर फिल्ममा सुधनसँगै दीपक केसी र चिरायु पौडेललगायतका कलाकारहरूलाई देख्न सकिन्छ ।

फिल्मलाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन् । पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई फरक अनुभूति दिलाउने अपेक्षा उनीहरुले गरेका छन् ।


फिल्मा राजु तामाङको एक्सन निर्देशन रहनेछ । सुशान्त केसी र प्रशान्त योगीले छायाङ्कन गर्ने फिल्मको निर्माता कुमार भास्कर हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here