काभा महिला भलिबलको उपाधि जितेको पुलिस क्लबको टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत



काठमाडौं । माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब सोमबार स्वदेश फर्केको छ । सोमबार स्वेदश फर्किएको टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

टोलीलाई नेपाल पुलिस तथा नेपाल भलिबल संघले विमानस्थालमा बाजागाजासहित भव्य स्वागत गरेका थिए । नेपाल पुलिस क्लबले शनिबार उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गर्दै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो ।


अपराजित रहँदै फाइनल पुगेको पुलिसले फाइनलमा पनि सोझो सेटको जित हासिल गरेको थियो । पुलिसकी उषा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here