यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ १ पैसा रहेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ५९ पैसा रहेको छ।


त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १७८ रुपैयाँ ५३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here