रास्वपाले बोलायो आकस्मिक भेला, रविसहितका नेता पार्टी कार्यालयमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू पार्टी केन्द्रीय कार्यालयमा आकस्मिक रुपमा भेला भएका छन् । सभापति रवि लामिछानेका साझेदार पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा नेताहरू पार्टी कार्यालय चःमतिमा भेला भएका हुन् । 

यद्यपि सभापति लामिछाने भने पार्टी कार्यालयमै छन् । छविको पक्राउपछि हुनसक्ने सम्भावित परिदृश्यका बारेमा आन्तरिक रणनीति बनाउन नेताहरु जम्मा भएको स्रोतले जानकारी दिएको छ । ‘नियमित भेटघाट लगायतका कुरा भइरहेको छ, प्रहरीबाट अहिलेसम्म त्यस्तो केही आएको छैन,’ स्रोतले सुनायो ।


सभापति लामिछाने पनि पक्राउ पर्न लागेको हो कि भन्ने संशय पार्टीका नेताहरूमा रहेको स्रोतले जनाएको छ । रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथाशक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् । केन्द्रीय कार्यालय पुगिसकेका रास्वपाका एक कार्यकर्ताले भने, ‘प्रदेश सभापतिले मेसेज गरेपछि हामीहरु भेला हुँदैछौं ।’ गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्व डीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here