दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ



बीबीसी । दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएकी छिन् । शनिबार उपराज्यपाल भीके सक्सेनासमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् । आतिशीसँगै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले पनि मन्त्री पदको शपथ लिएका छन् ।


तिहाड जेलबाट रिहान हुने बित्तिकै अरविन्द्र केजरीवालले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए । आफ्नो विकल्पमा केजरीवालले आतिशीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here