प्रधानमन्त्री ओली न्युयोर्कमाः आज राष्ट्रसंघका महासचिव गुटेरससँग भेटवार्ता हुँदै



काठमाडौं । संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क पुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ ।


महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ । प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन् । प्रधानमन्त्री ओलीले सम्मलेनमा अतिकम विकसित देशहरुको अध्यक्षको हैसियतले सम्बोधन गर्नेछन्। यसैगरी उनले कोलम्बिया विश्वविद्यालय र हवार्ड विश्वविद्याललयमा नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्यस् सङ्क्रमणकालीन न्यायबाट जलवायु न्यायका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

आज राष्ट्र संघका महासचिव एन्टोनो गुटेरससँग भेटवार्ता

प्रधानमन्त्री ओलीले आज राष्ट्र संघका महासचिव एन्टोनो गुटेरससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले आजै ग्लासहाउस फर पार्लिआमेन्ट फोरममा फोसिल फ्युल सम्बन्धि कार्यक्रममा मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा आज संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिले स्वागत समारोहको आयोजना गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here