फिजीका विद्रोही नेता स्पेइटलाई २४ वर्ष जेल बसेपछि राष्ट्रपतिबाट माफी



फिजी । फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ । देशद्रोहको आरोपमा २४ वर्ष जेलमा बिताएपछि माफीपछि उनी बिहीबार नै रिहा भएका छन् ।

फिजी करेक्सन सर्भिसले भनेको पूर्वव्यवसायी विद्रोही नेता स्पेइटसहित छ जनालाई औपचारिक रूपमा माफी दिइएको छ ।


राजनीतिक रूपमा संवेदनशील मुद्दाहरू समाधान गर्न गठन गरिएको ‘दया आयोगको सिफारिसमा उहाँलाई क्षमादान दिइएको छ ।

स्पेइटले सन् २००० को जातीय विद्रोहको नेतृृत्व गरेका थिए भने उनको समूहले प्रधानमन्त्री महेन्द्र चौधरी र सांसदहरूलाई ५६ दिनसम्म बन्धक बनाएको थियो ।

स्पेइटले आफ्नो रिहाइ आदिवासी फिजिबासीहरूको विजय भएको छ । उनको गिरफ्तारीले फिजप्मा दङ्गा मच्चेको र जेलमा रहेका समय उहाँलाई संसदमा निर्वाचित गरेका थिए ।

देशद्रोहको आरोप लागे पनि उनलाई दिइएको मृत्युदण्डको सजाय भने घटाइएको थियो। विशेष गरी आदिवासी फिजियन सहयोगीहरूले उहाँको माफी र रिहाईको मुद्दा वर्षौंदेखि उठाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here