सहमति र सहकार्यका आधारमा संविधानलाई समयानुकुल संशोधन गर्नुपर्छः मुख्यमन्त्री कार्की



विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहमति, सहकार्य र समन्वयका आधारमा संविधानलाई समयानुकुल संशोधन गर्नुपर्ने बताएका छन्।

संविधान दिवसको उपलक्ष्यमा बिहीबार विराटनगरमा आयोजना गरिएको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले वर्तमान संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर कार्यान्वयन गर्न सकिए विश्वकै उत्कृष्ट संविधान बन्न सक्ने धारणा राखे।


मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई देख्ने र सुन्न सक्ने बनाउन आफुहरु लागिपरेको बताउदै संविधानको मर्म र भावनामा केन्द्रित भएर कार्यान्वयन गर्न राजनैतिक दलहरु प्रतिबद्ध हुनुपर्ने बताए। उनले युवाहरुमा देखिएको नैराश्यतालाई चिर्न राष्ट्रिय पूँजीको विकास गरी मुलुक मै रोजगारी सिर्जना गर्न आवश्यक नीति र कानुनहरु बनाउन कोशी प्रदेश सरकार लागि परेको जिकिर गरे।

कार्यक्रममा झाँकी, निवन्ध प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री कार्कीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here