प्रधानसेनापति सिग्देल र श्रीलंकाका राजदूतबीच भेटवार्ता



काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिरानाबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको  भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।


यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here