दाङमा करेन्ट लागेर एक जनाको मृत्यु



देउखुरी (दाङ) । दाङमा मंगलबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका-९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढामगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

घर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका बुढामगरको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एंव  प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिए।  


बुढामगरको शव अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here