इजरायलद्वारा विस्थापित बासिन्दाको सुरक्षित फिर्ताको लागि सैन्य कारबाही विस्तार



जेरुसेलम । इजरायलले मङ्गलबार गाजामा सैन्य कारबाहीको लक्ष्य विस्तार गरेको छ । यसको मुख्य अभिप्राय इजरायल–लेबनान सीमामा हेजबुल्लाहसँग चलिरहेको द्वन्द्वका कारण विस्थापित उत्तरी इजरायली बासिन्दाको सुरक्षित फिर्ता गर्नु रहेको इजरायलले जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा सुरक्षा मन्त्रिपरिषद् बैठकबाट यो निर्णय स्वीकृत भएको उनको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तिमा मन्त्रीहरूले कारबाही लक्ष्यहरू अद्यावधिक गरी उत्तरी इजरायलका बासिन्दालाई उनीहरूको घरमा सुरक्षित फिर्ताको लागि प्रयास जारी गरिने उल्लेख छ ।

इजरायली रक्षामन्त्री योव ग्यालान्टले इजरायल र हेजबुल्लाहबीचको तनाव कम गर्ने प्रयासबारे छलफल गर्न तेल अवीव पुगेका ह्वाइट हाउसका विशेष दूत अमोस होचस्टेनलाई कूटनीतिक समाधानका लागि बाटो बन्द हुँदै गरेको उल्लेख गरे । “उत्तरी सीमामा शान्ति कायम गर्न सैन्य कारबाही नै एक मात्र उपाय हो”, । ग्यालान्टले बताए।

लडाइँका कारण सीमाका दुबै किनाराका दशौँ हजार बासिन्दाहरू विस्थापित भएका छन् । हेजबुल्लाहले इजरायल र हमासले लडाइँ अन्त्य गर्न सहमत भएमा युद्धविराम गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here