सहकारी ठगीमा धनराजमाथि छानविन गर्न रास्वपा उपसभापति अर्यालको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई लिएर आफूहरुविरुद्ध मिडिया ट्रायल गरिएको बताएका छन् ।

आज (सोमबार) प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले सदनमा भएका सांसदहरु र सम्बन्धित निकायलाई केही थाहा नभएको अवस्थामा रास्वपाविरुद्ध मिडिया ट्रायल गरिएको बताएका हुन् । उनले समितिले कसैको दवाब र प्रभावमा नपरी प्रतिवेदन पेश गर्ने विश्वास व्यक्त गरे ।


‘समितिले कसैको दवाब र कसैलाई फेवर नगरी प्रतिवेदन बुझाउने छ । तर, हिजोदेखि हाम्रै विरुद्धमा मिडिया ट्रायले सुरु भएको छ । सदनमा भएका सांसदहरुलाई केही थाहा छैन, सम्बन्धित निकायलाई केही थाहा छैन । तर, सबै सूचनाहरु यही हो भनेर मिडियालाई कसरी थाहा हुन्छ ?’ उनले प्रश्न गरे ।

साथै, रास्वपाविरुद्ध हामीसँग प्रमाण छ भनेर बोल्ने सांसदहरु नै सहकारी ठगीमा मुछिएको उनले बताए । उनले सहकारी ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलगायतलाई कारबाहीको माग गरे । ‘हामीसँग प्रमाण छ, प्रमाण छ भनेर उफ्रने सांसदहरु आफ्नै प्रमाण भएको कारणले उफ्रिनु भएको रहेछ,’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here