‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद अवरोध कायम राख्ने निर्णय गरेको छ । सभाभुखसँग भएको छलफलमा सहमति नजुटेपछि बसेको माओवादीको बैठकले आफ्नो अडानबाट आफूहरू पछि नहट्ने निर्णय गरेको हो ।

एमाले सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले संसद अवरुद्ध गर्दै आएको छ । सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए।


तर छलफलमा सहमति भएन । माओवादी सांसद माधव सापकोटाले आफूहरुको मागमा सरकार गम्भीर नदेखिएकाले आफूहरु अडानबाट पछि नहटेको बताए । उनले संसदको रेकर्डबाट ‘हिंसा’ शब्द नहटाएसम्म संसद चल्न नदिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here