गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण



चितवन । गुरुङ भाषाको  कक्षा सञ्चालनका लागि  तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले  तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’  पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरूङले लोकार्पण गरेका हुन् । 

पुस्तकमार्फत सिकाइ प्रभावकारी हुने देखिएपछि तमू ह्युल छोंज धींले पहिलो पटक पुस्तक प्रकाशन गरेको पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर गुरूङले बताए । पुस्तकका लेखक तुलमान गुरूङले गुरूङ भाषामा भेगीय भिन्नता पाइने हुँदा भाषामा एकरूपता नभएको बताए ।  


यसैबीच तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्ले शनिबारदेखि तमू भाषा कक्षा सञ्चालन गरेको छ । गुरुङ समुदायमा आफ्नो मातृभाषा जान्नेहरूको संख्या कम हुँदै गएपछि यसको संरक्षणको लागि कक्षा नै सञ्चालन गर्नुपरेको ह्युल छोंज धींकी अध्यक्ष विमलादेवी गुरूङले बताइन् । ह्युल छोंज धींले भाषा नजान्नेहरूका लागि गत वर्षदेखि नियमित कक्षा सञ्चालन गर्न थालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here