भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन



भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ। भारतीय अखबार अनलाईन इण्डिन एक्सप्रेसका अनुसार यचुरीको आज निधनको क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनी अस्वस्थ भएपछि एम्स अस्पतालको आइसियूमा भर्ना भएका थिए । उनले विद्यार्थी कालबाट नै राजनीति सुरु गरेका थिए । उनी भारतमा इमर्जेन्सी लागु गर्दा पटक पटक पक्राउसमेत परेका थिए ।


नेपाल-भारत सम्बन्धका जानकारसमेत रहेका यचुरी बेलाबखत नेपाल आवातजावत गर्ने नेताहरुमध्येमा पर्छन् । उनी नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुका महाधिवेशनको क्रममा अतिथिको रुपमा नेपाल आउने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here