चिनियाँ नागरिकले संचालन गरेको कल सेन्टरमा प्रहरीको छापा, ५० जना पक्राउ



काठमाडौँ । प्रहरीले ललितपुरको एकान्तकुनास्थित कल सेन्टरमा छापामारी विदेशी नागरिकसहित ५० जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले बिहीबार कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न रहेको आरोपमा दुई जना चिनियाँ र एक फिलिपिनोसहित ५० जनालाई पक्राउ गरेको हो ।


सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीकाअनुसार पक्राउ परेकामध्ये पाँच जना महिला छन् । उनीहरुकाबारेमा थप अनुसन्धान भइरहेको उनले बताए । चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमार्फत् नेपालीहरूलाई आश्वासनमा पारी लगानी गर्न लगाउने र ठगी गर्ने जस्ता अवैध गतिविधि भएको पाइएको प्रवक्ता बोगटीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here