एमाले नेता बस्नेतविरुद्ध दायर मुद्दा खारेज



काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध उच्च अदालत पाटनमा दायर भएको मुद्दा खारेज भएको छ । उच्च अदालतले सो मुद्दामा वादी पक्षको दाबी नपुग्ने भन्दै मुद्दा खारेज गरिदिएको हो ।

उनीविरुद्ध एक महिलाले रिट दायर गरेकी थिईन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र खडानन्द तिवारीको संयुक्त इजलासले सो मु्द्दामा रिट निवेदकको दाबी नपुग्ने ठहर गरेको हो । उनले एमाले नेता बस्नेतविरुद्ध बलात्कार, भ्रुण हत्यालगायतको आरोप लगाउँदै आएकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here