निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छ, कम्युनिष्टहरूको भर हुँदैन : कोइराला



विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच फेरि एकता हुनसक्ने भन्दै चुनावी गठबन्धन गर्न नहुने बताएका छन् ।

मंगलबार विराटनगरस्थित आफ्नै निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्दै कोइरालाले सत्ता गठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्न नहुने बताएका हुन् ।


उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छ भन्दै उनले कम्युनिष्टहरूको भर नहुने पनि बताए। ‘देशभरिका कार्यकर्तासँग म कुराकानी गरिरहेको छु, कसैले पनि गठबन्धन गरौँ भनेर भनेको सुन्दिनँ’ उनले भने, ‘बरु पहिले जस्तै एमाले र माओवादी फेरि मिल्छन् कि भन्ने चिन्ता छ। गठबन्धन गर्यो। यसअघिको निर्वाचनमा कांग्रेसीले सबैलाई भोट हाले तर, कांग्रेसलाई कसैले भोट हालेनन्।’