मोटरसाइकल खहरे खोलाले बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु



रुकुम पश्चिम । रुकुम पश्चिममा खहरे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । गएराति मुसिकोट नगरपालिका –६, को रम्माखोलामा आएको खोलामा आएको भेलले बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार मृत्यु हुनेमा मुसिकोट नगरपालिका –४, ठराढुङ्गाका ५२ वर्षीय सर्जन पुन र वडानम्बर ६, कानेवाङ्गकी अन्दाजी ३२ वर्षीया निर्मला केसी थापा रहेका छन् । मृतक दुवैजनालाई मोटरसाइकलसहित खहरे खोलाको भेलले बगाएको प्रहरीले बताएको छ ।


स्थानीय साँख गाउँबाट घरतर्फ फर्किंदै गर्दा उनीहरुलाई खोलाले बगाएको अनुमान गरिएको छ । मृतक महिलाको शव तीन सय मिटर तल र पुरुषको शव २० मिटर तल फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here