यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ।


त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।