कीर्ते मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य केसी जेल चलान



दाङ । नेपाली कांग्रेसबाट विजयी लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) कारागार चलान भएका छन् । श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा ३३ वर्ष पहिले रूकुम जिल्ला अदालतमा मुद्धामा दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार जरिवाना गरेको थियो। हालसम्म उनले सजाय भुक्तान गरेका थिएनन् ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रशाद शर्माले पनि प्रदेश सांसद केसी आइतबार  आफैं अदालतमा उपस्थित भएको जानकारी दिए । रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी माधव खरेलले सांसद केसी आफैं अदालतमा उपस्थित भएको र अदालतले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार पठाएको बताए ।


केसी कारागार चलान भएपछि लुम्विनी प्रदेश सभामा एक सिट रिक्त भएको छ । मुद्धाको अन्तिम फैसलाबाट कुनैपनि सांसद कारागार चलान भएको जानकारी प्रहरीले प्रदेशसभालाई दिएपछि उक्त सांसद पद रिक्त रहने कानुनी व्यवस्था रहेको छ ।

गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको १ (१) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। २०७५ साल वैशाख ३१ गते रूकुम पश्चिम जिल्ला अदालतले सांसद केसीविरूद्ध २०४८ साल असार ९ गते भएको फैसला अनुसार कारबाही नभएको भन्दै रूकुम पूर्वी जिल्ला अदालतको नाममा बाँकी रहेको लगतबारे पत्राचार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here