सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउन मुख्यमन्त्री पाण्डेको आग्रह



गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सेवा प्रवाहमा कर्मचारीले प्रविधिलाई अवलम्बन गर्नुपर्ने बताएका छन् ।

निजामती सेवा दिवस मूल समारोह समिति गण्डकी प्रदेशद्वारा निजामती सेवा दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा उनले सार्वजनिक सेवा प्रवाहलाई समयसापेक्ष चुस्त बनाउन नवीनतम प्रविधिले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । जनताले लिएर आउने सार्वजनिक सेवाका हरेक काममा सकारात्मक हुनुपर्नेमा जोड दिँदै उनले नहुने भएमा के कारणले नहुने हो त्योबारे स्पष्ट पार्नुपर्ने बताएका छन् ।


उनले भने,“सरकार भनेको तल्लो तहमा काम गर्नेदेखि उच्च पदस्थ पदमा रही काम गर्ने कर्मचारी र राजनीतिक नेतृत्व सबै पर्दछन् । यी दुई बीचमा एकापसमा दोषारोपण गरेर मात्रै हुँदैन । ” सङ्घीय निजामती ऐन जारी नहुँदा कतिपय चाहेर गर्नुपर्ने काम पनि गर्न नसकिएको जनाउँदै उनले प्रदेशका तर्फबाट गर्न सकिने सबै किसिमका समस्या समाधानका लागि तयार रहेको बताए ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले सुशासन, समृद्धि र विकास आजको आवश्यकता भएको बताइन् । सार्वजनिक सेवामा जनताको पहुँच बढाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन् । यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नेपालको निजामती प्रशासन राज्यका हरेक परिवर्तनलाई आत्मसात् गर्दै अघि बढिरहेको बताए । पछिल्लो समयमा निजामती प्रशासनलाई नकारात्मक तवरबाट हेर्ने क्रम बढिरहेको बताउँदै उनले जनताको मन जित्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए।

कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले चुस्त प्रशासनका माध्यमबाट निजामती कर्मचारीप्रति बढ्दै गएको नकारात्मक धारणा हटाउनुपर्नेमा जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here