थाइल्याण्डकी प्रधानमन्त्री पोतोङतार्नद्वारा शपथ ग्रहण



थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।

पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पोतोङ्तार्नले थाइल्याण्डका राजा महा वजिरालोङ्कर्नसँग शपथ लिएकी हुन् ।
पोतोङुतार्नको शपथ ग्रहणसँगै प्रर्व प्रधानमन्त्रीलाई पदबाट हटाएको र मुख्य विपक्षी दल विघटन भएको एक महिनाको राजनीतिक गतिरोध अन्त्य भएको छ ।


पेतोङ्तार्नले सपथपछि सरकारी गाडीमा चढ्नुअघि र सरकारी भवनबाट निस्कनुअघि पत्रकारहरूलाई अभिवादन गरेको भिडियो थाई सञ्चारमाध्यमले देखाएका छन् ।

सपथग्रहणपछि थाई नरेशले आफ्नो नयाँ मन्त्रीमण्डललाई बधाई दिँदै टेलिभिजनमा प्रसारित सम्बोधनमा वजिरालोङ्कर्नले भने, ‘मलाई विश्वास छ कि तपाईंले आफ्नो कर्तव्यहरू उत्कृष्टताका साथ पूरा गर्नुहुनेछ।’

राज्यको संवैधानिक अदालतले अगस्टको मध्यमा आपराधिक अभियोग लागेका एक क्याबिनेट मन्त्री नियुक्त गरेको आरोपमा फेउ थाई पार्टीका सेरेथा थाभिसिनलाई बर्खास्त गरेपछि उहाँको स्थानमा पोतोङतार्नलाई नियुक्त गरिएको हो ।

सार्वजनिक प्रसारक थाई पीबीएसका अनुसार पेतोङतार्नको ३६ सदस्यीय मन्त्रिमण्डलमा आठ जना महिला छन् । यो जुन थाइल्याण्डका लागि एक रेकर्ड हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here