यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूचीसहित)



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको जापान भ्रमण स्वीकृत भएको छ । जापानको टोकियोमा ३ असोजमा आयोजना हुने जापान–नेपाल रोजगार सम्मेलनमा भाग लिन भण्डारी त्यता जाने तय भएको हो ।

हिजो (बिहीबार) को मन्त्रिपरिषद बैठकले भण्डारीको जापान भ्रमण स्वीकृत गरेको हो । सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई नियुक्त गरेको छ ।त्यस्तै, अर्थ मन्त्रालयको प्रस्तावमा कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय पनि सरकारले गरेको छ ।


बैठकले नेपालको राष्ट्रिय वनस्पति उद्यान र चीनको कुनमिङ वनस्पति उद्यानबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ । सो समझदारीपत्रमा नेपालको तर्फबाट वनस्पति विभागका महानिर्देशकलाई हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको हो ।
हेर्नुस् मन्त्रिपरिषदका २४ निर्णय 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here