सिरियाली अधिकारी सवार गाडी विष्फोट हुँदा छ जना घाइते



सिरियाको दक्षिणी प्रान्त दारामा बुधबार गभर्नरसहित स्थानीय अधिकारी सवार एउटा गाडीमा सडक किनारमा विष्फोट हुँदा छ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । प्रान्तको पूर्वबाट स्थानीय अधिकारीहरू फर्किंदै गर्दा सडकको छेउमा आतङकवादी समूहले राखेको विस्फोटक पदार्थ बिस्फोट हुँदा छ जना सामान्य घाइते भएको मन्त्रालयले जनाएको छ ।

युद्ध अनुगमन संस्था ’सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले घटनामा धेरै प्रहरी अधिकारीहरु घाइते भएको बताएकाे छ । दारा राष्ट्रपति बसर अल–असद विरुद्ध सन् २०११ मा भएको विद्रोहको उद्गम स्थल हो । यो रूसको समर्थनमा सन् २०१८ मा पुनः सरकारको नियन्त्रणमा फर्किएको थियो । दारा प्रान्त नियमित आक्रमण, सशस्त्र झडप र अशान्तिले ग्रस्त छ ।


दमास्कसको मुख्य सहयोगी रुसद्वारा प्रायोजित सन् २०१८ को सम्झौता स्वीकार गर्ने दारा प्रान्तका पूर्व विद्रोहीहरूले उक्त क्षेत्रमा आफ्ना हतियार प्रतिस्थापन गर्न सक्षम भए । सिरियाको युद्ध विदेशी सेना र जिहादीहरूको बीचमा जटिल द्वन्द्वमा परिणत भएको थियो । युद्धमा ५० लाख भन्दा बढी मानिसको मृत्यु हुनुका साथै लाखौं विस्थापित भएका थिए ।