पारा ओलम्पिक्समा पदक विजेता पलेशालाई आज नगरपरिक्रमा गराइने



काठमाडौं । पारा ओलम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई आज नगरपरिक्रमा गराइने भएको छ । पेरिसमा भएको पारा ओलम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् ।

यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो । पदक विजेता पलोशा आज काठमाडौं आइपुग्दै छिन् । उनीसहित नेपाली टोलीलाई नगर परिक्रमासहित स्वागत गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।


राखेपका अनुसार आज विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्याली सुरु हुनेछ । गौशला नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै रापेख परिसर, त्रिपुरेश्वर पुगेर समापन हुनेछ ।