माओवादी अध्यक्ष प्रचण्डद्वारा नेपालगञ्ज रंगशालाको अवलोकन



नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् । आइतबार बिहान अध्यक्ष प्रचण्डले रंगशालाको अवलोकन गरेका हो ।

त्यसक्रममा उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताए । यसअघि उनले शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अवलोकन गरेका थिए ।


माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी महेश्वर गहतराज संघीय खेलकुदमन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको उनले बताए ।

कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै उनले नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिनुपर्ने बताए ।