जापानमा सानसान आँधीको गति घट्यो : यातायात अवरुद्ध जारी



जापानमा आएको शक्तिशाली आँधीका कारण शनिबार पनि उडान तथा रेलसेवा अवरुद्ध जारी रहेको जनाउदै अधिकारीहरूले भारी वर्षाका कारण सम्भावित बाढी–पहिरोको चेतावनी दिएका छन् ।

सानसान दशकौँको अन्तरालमा जापानमा आएको सबैभन्दा भयानक आँधी हो जुन बिहीबार क्युसु टापुमा अवतरण भएको थियो । सुरुवाती समयमा २५२ किलोमिटर प्रति घण्टाको दरमा वहेको उक्त आँधीको गति पछिल्लो समयमा ९० किलोमिटर प्रति घन्टामा झरेको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीले जनाइएको छ ।


फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार आँधीका कारण समाचार तयार पार्दा सम्म कम्तीमा छ जनाको मृत्यु भएको भने १२० जनाभन्दा बढी घाइते भएका छन् ।

एजेन्सिका अनुसार पछिल्लो समयमा आँधीको गति घटेसँगै “डाउनग्रेड” गरिएको, सानसान शनिबार पश्चिमी क्षेत्रबाट पूर्वतिर सर्दै गएको छ ।

आँधीको गति घटे पनि प्रभाव कायम रहेकाले एएनए र जापान एयरलाइन्सले शनिबारका लागि करिब ६० वटा आन्तरिक उडानहरू रद्द गर्दा करिब सात यात्रुहरू प्रभावित भएका छन् । यसै गरी बाढीको कारण देखाउदै मध्य सहर नागोयामा सिकाङ्नसेन बुलेट ट्रेनहरू पनि स्थगित गरिएको थियो ।

जापान मौसम विज्ञान एजेन्सीले बाढी पहिरो तथा नदीमा पानीको उच्च बहावको अनुमान गरी चेतावनी जारी राखेको छ ।

यसै गरी मध्य गिफु क्षेत्रमा नदीमा उच्च बहावको जोखिमका कारण नदी नजिकैका करिव दुई हजार बासिन्दालाई निकासी चेतावनी जारी गरेको छ भने उत्तरी होक्काइडोका केही सहरहरूमा भारी वर्षा भएको छ ।

अपरेटरका अनुसार दक्षिणी कागोशिमा क्षेत्रका ३२ हजार भन्दा बढी घरहरु सानसानको प्रभावले गर्दा बिद्युत बिहिन भएका छन् ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण जापान लगायत अन्य ठाउँमा मौसमी प्रतिकुलता र जोखिम बढिरहेको छ ।

सन् २०२१ अत्यधिक बर्षाका कारण केन्द्रीय रिसोर्ट सहर अटामीमा विनाशकारी बाढी पहिरो आउदा २७ जनाको मृत्यु भएको थियो । यसै गरी सन् २०१८ मा पश्चिमी जापानमा बाढी पहिरोले २०० भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो ।