उत्तर पश्चिम पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु



पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान पहिरोमा परी १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ । दुर्घटना माथिल्लो दिर जिल्लामा भएको हो । यहाँ पछिल्ला केही दिनदेखि भारी वर्षा भइरहेको सरकारी उद्धार सङ्गठनले एक विज्ञप्तिमा जनाएको छ ।

पहिरो जाँदा घरभित्र सुतिरहेका तीन महिला, छ बालबालिका र तीन पुरुषसहित मृत्यु हुनेमा एकै परिवारका सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ । सबै शव भग्नावशेषबाट निकालिएको र पहिरोको भग्नावशेषबाट क्षेत्र खाली गर्न उद्धार कार्य जारी छ । पाकिस्तानका केही भागमा हाल मुसलधारे वर्षा भइरहेको छ ।


भारी वर्षाले अचानक बाढी र धेरै जिल्लाहरूमा पहिरो निम्त्याउने गरेको छ ।