प्रहरी अधिकारीहरुले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार



काठमाडौं। नेपाल प्रहरीका उच्च अधिकारीहरुले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश सारंगा सुवेदीको इजलासमा प्रारम्भीक सुनुवाइ भएको सो रिटमा कारण देखाउ आदेश भने जारी भएको छ।


नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले रिट दायर गरेका थिए।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ। अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको थियो।