काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा पराजित रामकुमारी झाक्री पोलिटब्यूरो सदस्य निर्वाचित भएकी छिन्।
गएराति सम्पन्न मतगणनासँगै ८४ सदस्य पोलिटब्यूरो चयन हुँदा उनले १८२ मत हासिल गरेकी छन्। उनी महिला उपाध्यक्षमा जयन्ती राई सँग पराजीत भएकी थिइन् । जयन्ती राईले १८९ मत ल्यायर विजयी हुँदा रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित भएकी थिइन्।